रेशम चौधरीले गरे जेलबाटै मनोनयन दर्ता

कैलाली । टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन्।

रेशमले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्। जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलबाट दोषी ठहर भएका रेशम काठमाडौंको डिल्लीबजार कारागारमा छन्।

२०७२ भदौं ७ गते भएको टीकापुर घटनामा आठ जनाको ज्यान गएको थियो । उनी २०७४ को चुनावमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।