नागरिक उन्मुक्तिबाट रेशम र लक्ष्मण थारु सहित यी हुन् उम्मेदवार
कैलाली । छोटो समयमै चर्चा कमाएको रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि तथा प्रदेश सभातर्फ उम्मेदवारको टुङ्गो लगाएको छ ।
सो पार्टीबाट टिकट पाउनेहरु कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएकी छन् । यस्तै, प्रदेशतर्फ (क) मा लक्ष्मण जोगेठ्वा र (ख) मा कैलाश चौधरीले टिकट पाएका छन् ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ अरुण चौधरीले उम्मेदवारी पाएका छन् । उनी नेपाली काँग्रेस परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । त्यस्तै, प्रदेशतर्फ (क) मा नेकपा एमाले परित्याग गरेर हालै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका रतन थापा र (ख) मा रामेश्वर चौधरीले टिकट पाएका छन् ।
यस्तै, क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यतर्फ गंगा चौधरीले टिकट पाएका छन् । प्रदेशतर्फ (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम चौधरीले टिकट पाएका छन् ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यतर्फ कैया चौधरीले टिकट पाएका छन् । प्रदेश सभातर्फ (क) मा राजेन्द्र देवकोटा र (ख) मा कमलराज भट्टले टिकट पाएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा भने थरुहट नेतासमेत रहेका लक्ष्मण चौधरीले प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएका छन् । उनी सो क्षेत्रमा २०७४ मा पनि चुनाव लडेका थिए । प्रदेश सभातर्फ भने (क) मा श्रीराम थारु र (ख) मा गोठुराम चौधरीले टिकट पाएका छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ नन्दकुमार रानालाई टिकट दिएको छ । प्रदेश सभातर्फ (क) मा नेत्रलाल चौधरी र (ख) मा पल्टु चौधरीले टिकट पाएका छन् ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ डा. फूलराम चौधरीले उम्मेदवारी दिने नागरिक उन्मुक्ति पार्टीले निर्णय गरेको छ । प्रदेश सभा सदस्यतर्फ (क) मा पिताम्बर चौधरी र (ख) मा सञ्जित चौधरीले टिकट पाएका छन् । यस्तै, क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि मुन्नि चौधरीले टिकट पाएकी छन् ।
रेशम चौधरी बर्दिया २ बाट
२ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभातर्फबाट पार्टीका संरक्षकत्व रेशम चौधरीले टिकेट पाएका छन् । भने प्रदेश (क) बाट धर्मबहादुर चौधरी, प्रदेश (ख) दर्पण कुसुम्याले टिकेट पाएका छन् । कुसुम्या चर्चित गायक पनि हुन् ।
बर्दिया क्षेत्र न १ बाट कान्तिपुर दैनिकमा लामो समय पत्रकारिता गरेका ठाकुरसिंह थारुले टिकेट पाएका छन् । यस क्षेत्रमा प्रदेशसभाबाट भने टुंगो लागेको छैन ।
यस्तै दाङदेउखुरी क्षेत्र नं १ बाट प्रतिनिधि सभाबाट सुरेन्द्र चौधरी, क्षेत्र नं २ मा रेशम चौधरी तथा क्षेत्र नं ३ मा कुमार चौधरी उम्मेदवार भएका छन् । सुरेन्द्र चौधरीका अनुसार क्षेत्र नं १ मा प्रदेश (क) तर्फ रन्जित चौधरी तथा प्रदेश (ख) तर्फ भक्ति चौधरी रहेका छन् ।













