कैलालीमा राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने समय तालिका निर्धाण
कैलाली । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कैलालीका सबै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ताको तयारी गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार धनगढीमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफल कार्यक्रममार्फत असोज २३ गते हुने उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरेको छ ।
जस अनुसार नेकपा एमाले १ देखि २ बजे, लोसपा ११ देखि १२ बजे, राष्ट्यि स्वतन्त्र पार्टी १० देखि ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टी २ देखि ३ बजे उम्मेदवारी दर्ता गर्ने समय निर्धाण गरिएको छ । यस्तै नेपाल लोकत्रान्त्रिक पार्टी ३ देखि ४, नेपाली काँग्रेस, नेकपा माओवादी पार्टी र नेकपा एस ४ देखि ५ बजे उम्मेदवारी दर्ता गर्ने समय तालिका बनाइएको छ ।
मुख्य निर्वाचन अधिकृत ओमप्रकाश आर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनीतिक दलहरूले समय तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेका छन् । बैठकको निर्णयअनुसार १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने बताइएको छ ।














