काँग्रेसको थारू कोटाबाट योगेन्द्र र कल्पना चौधरी पहिलो नम्बरमा

काठमाडौं । नेपाली काँग्रेसको प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट योगेन्द्र चौधरी (दाङदेउखुरी) र कल्पना चौधरी (सुनसरी) पहिलो नम्बरमा परेका छन् ।

कोटामा परेका पुरुष तर्फबाट योगेन्द्र चौधरी, चुम नारायण तवेदार, फिरु राना रहेका छन् । यस्तै महिलातर्फबाट कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, सुशीला चौधरी समानुपातिक सूचीमा परेका छन् ।

असोज ११ गते पहिलो पटक सार्वजनिक गरिएको सूचीमा थारु कोटातर्फ ६ जनामा कैलालीबाटै ३ जनाको नाम समावेश थियो । तर बुधबार निकालिएको अन्तिम सूचीबाट कैलालीका जीवन राना मात्रै परेकी छिन् ।

यसअघि कैलालीबाट समावेश भएका खेम चौधरी र रामकुमारी चौधरीको नाम हटेको छ । सूचीको ९८ औं नम्बरमा रहेका काँग्रेस कैलाली उपसभापति समेत रहेका खेम चौधरी थारु कोटाको दोस्रो नम्बरमा थिए ।