आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बाबुराम भट्टराईको घोषणा
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
पूर्व प्रधानमन्त्री भट्टराईले सोमबार सामाजिक सञ्जालमा गोरखामा जनतालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन्। उनले भनेका छन्‚ “आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।”
उनले चुनावमा उम्मेदवारी नदिए पनि राजनीति भने नछाड्ने बताएका छन्। उनले भनेका छन्‚ “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्।”
भट्टराईले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा आफूलाई विजयी गराएकामा गोरखाली मतदाताप्रति आभार पनि प्रकट गरेका छन्। साथै‚ आगामी दिनमा पनि म निरन्तर गोरखाली जनताको सेवामा रहिरहनेछु प्रतिवद्धता व्यक्त गरेका छन्।













