कैलारीमा पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन
कैलाली । कैलालीको कैलारी गाउँपालिकामा पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन भएको छ । परिवर्तनका लागि कार्यरत युवा समुह (याक) नेपालको आयोजनामा बुधबार हसुलियामा भएको एक कार्यक्रममा माया चौधरीको संयोजकत्वमा १५ सदस्यीय सञ्जाल गठन भएको हो । सञ्जालको उपसंयोजकमा कल्लु प्रसाद डगौरा थारु, सचिवमा बनसराम चौधरी रहेका छन ।
त्यसैगरी सञ्जालका सदस्यमा आशिष चौधरी, पुष्पा चौधरी, पवित्रा विक, पवित्रा न्यौपाने, बिन्द्रा चौधरी, चेरिया चौधरी, जया चौधरी, आशा चौधरी, सीता चौधरी, प्रेरणा चौधरी, दुर्गा प्रसाद चौधरी र दाउराम चौधरी रहेका छन ।
(याक) नेपालका महासचिव हृदय पुजाराले को अध्यक्षतामा भएको कार्यक्रममा खाद्य अधिकारबाट र खाद्य अधिकार हननको सवाललाई उठान, पैरबी गर्न संजाल गठन गरेको बताए ।
खाद्य अधिकार सवलीकरण परियोजना संयोजक देवी खनालले खाद्य अधिकार, खाद्य सञ्जालबारे प्रस्तुतीकरण गरेका थिए । उनले खाद्य अधिकार प्रत्याभुतिका लागि सरकारको दायित्व, सञ्जालका सिद्धान्त र सञ्जालले उठानु पर्ने सवालबारे जानकारी दिए ।













