सल्यानमा जिप दुर्घटना, आठ जनाको मृत्यु
सल्यान । राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट विहे खाएर फर्किने क्रममा रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक जिप दुर्घटना हुँदा आठ जनाको मृत्यू भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीका अनुसार बुधवार विहान ३ः३० बजेको समयमा जिप सडबाट १५० मिटर तल खसेको हो । चालक सहित ९ जना यात्रु रहेको जिपमा ८ जनाको घटना स्थलमा मत्यु भएको जनाइएको छ ।
यसैविच दुर्घटनमा परेरे मृत्युहुनेहरुको पहिचान खुलेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा चालक कोपुरकोट गापा ६ जलबाँङ बस्ने बर्ष २१ को जित बहादुर बोहोरा, बर्ष ३७ का धर्मा ओली, बर्ष ४० का टोप बहादुर ओली उनका छोरा वर्ष ११ का बसन्त ओली , बर्ष ३० का सुरेश खत्री, वर्ष ७० का खुमलाल ओली, वर्ष ५५ कि कुमारी ओली, कपुरकोट ५ बस्ने वर्ष ३५ का ललित ओली रहेका छन् ।
एकजना भने गम्भीर घाइते छन् । घाईते तिलक ओलीको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ छ ।













