न्यू लुक कलेक्सन एण्ड गिफ्ट हाउस सञ्चालनमा
कैलाली । विगतलामो समयदेखि ब्यूटिपार्लरवाट सेवा दिंदै आएको न्यू लुक ब्यूटिपार्लरले ग्राहकको आकांक्षा अनुसार न्यू लुक कलेक्सन एण्ड गिफ्ट हाउस सञ्चालनमा ल्याएको छ ।
धनगढीको मोटी चोकमा पार्लरसंग जोडिएरको घरमा उनी न्यू लुक कलेक्सन एण्ड गिफ्ट हाउस सञ्चालनमा ल्याएका हुन् । कलेक्सन हाउसका सञ्चालक आशा चौधरीले ग्राहकको माग अनुसार जन्मदेखि १६ वर्षसम्मको बच्चाहरुको सबै प्रकारका समानहरु पाउने बताईन् ।
उनले पार्लरमा आउने ग्राहकले बच्चाको सामान पनि खोज्ने भएकोले कलेक्सन हाउसमा सो सेवा उपल्बध गराउने उदेश्यले सञ्चालन गर्न उत्साहित बनाएको बताउँछिन् । यहाँ ग्राहकको रोजाई अनुसार बच्चाको सबै प्रकारको कपडा, लेडिज व्याग, र गिफ्टको सामान पाउने गरेको सञ्चालक चौधरीको भनाई छ ।













