महिला मोर्चा लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न
तिलोत्तमा । राष्ट्रिय जनमुक्ति पार्टीको भातृसङ्गठन राष्ट्रिय महिला मोर्चा लुम्बिनी प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनमा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष एवं महिला इन्चार्ज कमला थापा मगरले महिलाहरु सामाजिक र आर्थिक समृद्धिका लागि उद्यमशील हुनुपर्ने बताईन् । उनले पार्टीभित्रका महिलाहरुको नेतृत्वमा क्षमता बढाउनपनि आवश्य रहेको बताईन् । साथै योग्य महिलालाई समानुपातिक प्रतिनिधित्व मात्रै नभई प्रत्यक्षमा अर्थपूर्ण सहभागिता गराउन जरुरी रहेको बताईन ।
त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष भीम बहादुर राना मगरले पार्टीमा महिलाको महत्वपूर्ण योगदान रहेको बताए । उनले महिलापनि बिश्वको इतिहासलाई हल्लाउन सफल भएकाले उदाहरण दिदै राजनीतिक नेतृत्वमा महिलालाई अगाडि सार्नुपर्नेमा जोड दिए ।
अधिवेशनले धनिसरा दर्लामी (रुपन्देही) को अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गर्यो ।













