‘राज्यले मिडियालाई प्रोत्साहन गर्नुपर्छ’
कैलाली । पत्रकारिता क्षेत्रमा राम्रो काम गर्ने पत्रकार तथा मिडिया हाउसलाई राज्यले प्रोत्साहन गर्नुपर्ने सहभागीहरु बताएका छन् ।
मिडिया जवाफदेहितामा सार्वजनिक संवाद कार्यक्रमका सहभागीहरुले सुदूरपश्चिमका मिडियाले जनयूद्ध, टीकापुर विद्रोह र कोभिडको बेला अग्रपक्तिमा उभिएर जनतालाई सुसुचित गराएको बताए ।
पछिल्लो अवस्थामा सामाजिक सञ्चालनले गर्दा केही मिडियाले अचारसहिंताबाट बाहिर रहेर काम गरिरहेको औल्याउदै त्यस्ता मिडियालाई नियमन गर्न सुदूरपश्चिम प्रदेश सरकारले नीति बनाउन जरुर रहेको सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा पत्रकारहरुले सरकारलाई जबाफदेहि बनाउन सुचना लुकाउने प्रबृति त्याग्नु जरुरी रहेको बताए । देश संघियतामा आईसकेपछि सरकारले हरेक कार्यलयमा सुचना अधिकारी तोकेपनि सूचना लुकाउने प्रबृतिमा सुधार नआएको पत्रकारहरुको गुनासो थियो ।
यस्तै कार्यक्रममा जनप्रतिनिधिहरुले पत्रकार राज्यको चौथो अंग भएकोले उनीहरुपनि जबाफदेही बन्न जरुरी रहेको बताए । मिडियाले हतारको सामाचार भन्दा सत्य र तथ्यमा आधारित सामाचार सम्प्रसन गनु सुझाब दिए ।













