नागरिक उन्मुक्ति पार्टीले बुझायो सामानुपातिकतर्फको बन्दसूची

कैलाली । स्थानीय निर्वाचन अघि स्थापना भएको पार्टी नागरिक उन्मुक्तिले सामानुपातिकतर्फको बन्दसूचि पेस गरेको छ । पार्टी अध्यक्ष रञ्जिता चौधरी सहितका नेताहरु सोमबार निर्बाचन आयोगमा पुगेर बन्दसूचि पेश गरेका हुन् ।

नागरिक उन्मुक्तिपार्टीले प्रतिनिधिसभा र सातवटै प्रदेशमा समानुपातिकतर्फको बन्दसूचि पेश गरेको हो ।

यस अघि उन्मुक्तिपार्टीले कैलालीको ४ वटा पालिकामा विजय हासिल गरेको छ । मंसिर ४ गतेको निर्वाचनमा पनि राष्ट्यि दल बन्ने अठोट लिएको अध्यक्ष चौधरी बताउँछिन् । प्रत्यक्ष र समानुपातिक गरि २५ सिट जित्ने उनको दाबी छ ।