दार्चुलामा बाढीले तहसनहस, सात जना सम्पर्क विहिन

दार्चुला । महाकाली नदी र लास्कुखोलामा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा क्षति पुगेको छ।

गएरातिदेखि आएको बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ। घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने सात जना हराईरहेको जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन्।

उनका अनुसार एक जनाको शव भेटिएको छ। सनाखत हुन सकेको छैन।

महाकाली नदी र लास्कुखोला आसपासका घर बगाउँदा सात जना हराइरहेको उनले बताइन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा उद्धार र खोजबिनमा जुटेका छन्।