चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु
कैलाली । कञ्चनपुरमा श्रीमान श्रीमती चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज साँझ ५ बजेतिर कृष्णपुर नगरपालिका वडा न ७ का दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्काले बताए ।
घटनास्थलमै रहेका खड्काका अनुसार माछा मारेर फर्कँदै गरेका उनीहरू पानी परेपछि मोटरसाइकल रोकेर रुखको ओत लागेका थिए। सोही रुखमा चट्याङ पर्दा उनीहरूको मृत्यु भएको हो ।













