‘जनताको साथमा काँग्रेस’ अभियान सुरु

धनगढी, ११ भदौ । नेपाली कांग्रेस कैलालीले जिल्लामा ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ गरेको छ ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीले पहिलो चरणअन्तरगतको अभियान शुभारम्भ गरेको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट शुरु गरिएको अभियानको नेपाली काँग्रेस नेता एनपी साउदले समुदघाटन गरेका हुन।

शुक्रबारदेखि शुरु भएको पहिलो चरणको अभियान भदौ २४ अर्थात विपी जयन्तीका दिन समापन हुने पार्टीका जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।

अभियानको समुदघाटन गर्दै नेता साउदले पार्टीले अभियान थाल्नुका चारवटा उद्देश्य रहेको बताए । उनले सम्पूर्ण मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदान गर्न अपिल गरे ।