प्रदेश सरकारले गर्यो अँटवारी पर्वको बिदाको मिति संशोधन
धनगढी, ९ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अँटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अटवारी पर्वको बिदा भदौं १२ गते दिने निर्णय गरेको हो । थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा लागू हुनेछ । यसअघि, २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अँटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो ।

तर, तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । आउँदो आइतबार र सोमबार दुई दिन थारु समुदायले अटवारी पर्व मनाउने जनाइएको छ ।













