समस्यामा परेका बालबालिकाको संरक्षणमा सबैको सहकार्य जरुरी
कैलाली, ४ भदौ । नेपाल प्रहरी श्रीमति संघको ३८ औं वार्षिकोत्सवको अवसरमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था विच समस्यामा परेका महिला तथा बालबालिको संरक्षणबारे छलफल भएको छ ।
महिलासेल कैलालीद्धारा आयोजित छलफलमा सडक बालबालिकाहरुको उद्धार भएपनि नागरिकता बनाउन एकदमै सकस झेल्नुपर्ने सहभागिहरुको भनाई थियो ।
‘संस्थाले उद्धार गरेका केही बालबालिकाहरु गाउँ ठाउँ बताउन नसकेपनि आफ्ना आमा बुवाको नाम बताउने सक्ने हुन्छन् । त्यतिबेला संस्थाले अद्धार गर्दा बच्चाले दिएको जानकारीको आधारमा संस्थामा नाम दर्ता हुन्छ ।’ बच्चा हुर्किदै जादा उसको परिवार फेला नपरेपछि त्यस्ता बच्चाको हकमा नागरिकता बनाउन एकदमै गाह्रो हुने महिला अधिकारकर्मी गोमा अचार्यले बताईन् ।
उनले उदाहरण दिदै भनिन् ‘धेरै वर्ष पहिला ३÷४ वर्ष उमेर भएको बालिकालाई एक संस्थाले उद्धार गर्यो । त्यो बेला बच्चाले आमा बुवाको नाम भनेको आधार संस्था दर्ता भयो । तर हाल सम्मपनि उसका आफ्न्त भेटिएका छैनन् । अहिले उ २२ वर्ष पुगिन् उनलाई नागरिकता चाहिएको छ, तर कागजी प्रक्रिया पुर्याउन नसक्दा नागरिकता पाउन सकेका छैनन् ।’
मानसिक रोगीबाट जन्मेका बच्चाको जन्मदर्ता बनाउन दृष्टी फाउन्डेसनले निकै सकस झेल्दै आएको बताउँछन् । अहिले फाउन्डेसनमा १० जना बच्चा छन्, ४ जना स्कुल जाने भईसकेका छन् । स्कुल भर्ना गर्दापनि जन्मदर्ता चाहिन्छ ।
यस्तै जबरजस्ती करणीबाट जन्मेको बच्चालाई व्यवस्थापन गर्न पनि निकै चुनौती हुने सहभागीहरु बताउँछन् । त्यस्ता बच्चालाई धर्मपुत्र धर्मपुत्री बनाउन चहानेहरुके लागि पनि अदालतीय प्रक्रया लामो हुने भएकोले व्यवस्थापन गर्न चुनौती हुने बताउँछन् ।
छलफलमा माईति नेपाल, मानव सेवा आश्रम, शान्ति पुनस्थापना गृह, थर्डएलाइन्स लगायतको संस्थाबाट सहभागिता जनाएको थियो ।













