सामुदायिक सहकारीको २२औं बार्षिकोत्सव
भजनी, १ भदौ। सामुदायिक सहकारी संस्था लिमिटेड भजनीको २२ औं बार्षिकोत्सव मनाएको छ । ‘सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईको साथ’ मा भन्ने मुल नारा सहित बार्षिकोत्सव मनाइएको हो ।
सहकारीका अध्यक्ष हरि कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथी थिए ।
कार्यक्रममा महुन्याल माध्यमिक विद्यालय भजनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढा, जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीका अध्यक्ष हेमेन्द्र भारद्वाज, नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीका सभापति उमाकान्त खड्का, भानु मेमोरियल इङलिस वोडिङ्ग स्कुल भजनीका प्रिन्सिपल राम प्रसाद शर्मा, सुरक्षाकर्मी, पत्रकार, सेयर सदस्य, बुद्धिजीवी, समाजसेवी लगायतका उपस्थिति रहेको थियो ।
सहकारीको आव २०७९/८० को बार्षिक योजना तथा निति कार्यक्रमहरु भजनी सेवा केन्द्रका प्रमुख मान बहादुर घर्ती मगरले प्रस्तुत गरेका थिए । कार्यक्रमका सञ्चालन सहकारीका सचिव मनिराम ढुंगानाले गरेका थिए ।













