नागरिक उन्मुक्तिको चुनावी अभियान : छलफलकोलागि चौतारी काफि
कैलाली, ३० साउन । नागरिक उन्मुक्ति पार्टी अहिले चुनावी अभियानमा जुटिसकेको छ । स्थानीय चुनाव लगतै पार्टीले गाउँ गाउँमा संगठन निर्माण गरिरहेको पार्टी प्रवक्ता दामोदर पण्डितले बताए ।
‘उन्मुक्ति पार्टी नयाँ भएकोले जनतालाई आफ्नो उदेश्यबारे प्रष्ट पार्न अभियान थालेका हौं । अहिले हामी कहाँ दैनिक सयौंको संख्याका पार्टी प्रवेश गर्नेहरुको लहर छ ।’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टी तराई जिल्ला मेचिदेखि महाकाली सम्म अभियान चलाइएको नागरिक उन्मुक्तिका नेता इन्दु थारुले बताईन् । उनले भनिन् ‘ठूला दलका नेता तथा कार्यकर्ताहरुलाई शहरको एसी वाला महल चाहिन्छ, तर आफूहरुलाई पार्टीको विचारबारे जानकारी दिन चौतारी भए पुग्छ ।’

अहिले नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरु दुर्गम गाउँका घर–आंगनमा पुगि त्यहाँको समस्या र अवस्थाबारे विश्लेण गरिरहेको उनको भनाई छ । गाउँमा जनताप्रतिको उत्साह देखेर उनी निकै शुखी भएको बताउँछिन् ।













