अगामी निर्वाचनमा जनजाती पत्रकारको भूमिका विषयमा छलफल

धनगढी । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको २३ औं स्थापना दिवसको अवसरमा अगामी निर्वाचनमा जनजाती पत्रकारको भूमिका विषयमा छलफल भएको छ । महासंघको प्रदेश समिति र जिल्ला समितिको संयूक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक भीम चौधरीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा जनजाती पत्रकारहरु अहम भूमिका रहने बताए । उनले ‘पहिलाको चुनावमा पनि थारु लगायत जनजाती समुदायको प्रतिनिधित्वको लागि राम्रो भूमिका रहेको थियो ।’

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री चुनकुमारी चौधरीले थारु पत्रकार र जनप्रतिनिधि विच समन्वय आवश्यक रहेको बताईन् ।

यस्तै थरुहट नेता लक्ष्मण थारुले अबको पत्रकारिता विश्लेषनात्मक हुनुपर्छ । टेक्नोलोजिको जमानामा सबै सुचना दिनलाई स्मार्ट फोन हुने सबै समाचारदाता भईसकेको उनको तर्क थियो । खोजमूलक तथा विश्लेषनात्क समाचार लेख्ने पत्रकारको भविष्य राम्रो रहेको उनले बताए ।
नेता थारुले जनजाती पत्रकारलाई समस्या परेको बेला विगतमा पनि सहयोग गरेको र फेरी पनि आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुदूरपश्चिम प्रदेश समन्वय समितिका अध्यक्ष दलबहादुर घर्तीमगर, थारु पत्रकार संघका केन्द्रीय उपाध्यक्ष प्रेम चौधरी, रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमलसिंह राना, प्रेस सेन्टरका केन्द्रेीय सदस्य मुकेश टेर्रा, थारु लेखक इन्दु थारु, रानाथारु डटकमके सम्पादक नन्दलाल राना, तारानगर गाउँको भल्मन्सा गोठुराम चौधरी, थारु नागरिक समाजका सदस्य बसन्ती चौधरीलगायत मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश अध्यक्ष रामलखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला अध्यक्ष राम दहितले गरेका थिए ।