जनजातीको हितको लागि सधै तत्पर छौंः राज्यमन्त्री रैका
धनगढी, २४ साउन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैकाले जनजातीको हितकोलागि सधैं तत्पर रहने बताएका छन् । उनले जनजातीहरु, दलत तथा पिछडा वर्गको सवालमा केन्द्रीत रही काम गर्ने प्रतिबद्धता जनाए ।
२८ औं विश्व आदिवासी दिवसको अवसर आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिवद्धता गरेका हुन् । राज्यमन्त्री रैकाले संविधानमा उल्लेखित हक, अधिकार र सुविधा प्रति सरकारले आनाकानी गरे सबै एक जुट भई त्यसता सुविधा खोसेरपनि लिनुपर्ने बताए ।
उनले भने, ‘आदिवासी जनजातीको नाममा मिठो भाषण गर्ने त्रेरै छन्, यसलाई कमाई खैना भाडा बनाएका छन् । तर आदिवासी जनजातीहरुले लडेरपनि आफ्नो अधिकार लिनुपर्छ ।’
कार्यक्रममा जनप्रतिनिधिहरुले अ-आफ्नो पालिकामा आदीवासी जनजातीकोलागि पनि छुट्टै बजेट विनियोजन पहिचानसंग जोडिएका सवाललाई संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए ।













