थरुहट मोर्चाले भदौ ७ मा टीकापुर विद्रोह दिवस मनाउने

कैलाली, २० साउन । थरूहट मोर्चाले भदौ ७ गते टीकापुर विद्रोह दिवस र असोज ३ गते कालो दिन मनाउने भएको छ ।

यही भदौ ७ गते टीकापुर घटना भएको ७ वर्ष पुग्दै छ । उक्त दिनको अवसर पारेर मोर्चाले विद्रोह दिवस मनाउने निर्णय गरेको हो ।

संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।

घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० भन्दा बढी थारु समुदायका घर, पसल, एफएम लगायतमा आजजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता जेल सजाय भोगिरहेका छन् ।