बाह्रय पर्यटकहरुको सहजताकोलागि गड्डाचौकीमा सहायता कक्ष
कञ्चनपुर, ११ साउन । कञ्चनपुरको गड्डाचौकीमा बाह्रय पर्यटकहरुको सहजताकोलागि पर्यटन सहायता कक्ष तथा ट्राफिक पोष्ट स्थापना गरिएको छ। नेपाल प्रवेशद्वारको पश्चिमी नाका भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा सो सहायता कक्ष स्थापना गरिएको हो।
प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एव होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा पर्यटन सहायता कक्ष एव ट्राफिक पोष्ट स्थापना गरेको छ।













