भारतबाट भन्सार छली ल्याएका ५० क्विन्टल मल बरामद
कञ्चनपुर, ३० असार । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट भन्सार छली गरि ल्याएको ५० क्विन्टल मल प्रहरीले बरामद गरेको छ ।
बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको नेतृत्वमा खटिएको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो । दोदा पुलस्थित जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए। प्रहरीले से २ त २३७० नम्बरको ट्याक्टर समेत बरामद गरेको छ।
उक्त मलको मुल्य एक लाख ५० हजार बराबरको रहेको छ । मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको प्रहरीले जनाएको छ।













