बुढिगंगा नगरपालिकामा मतगणना शुरू

बजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा मतगणना शुरू भएको छ।

शुक्रबार दिउसोदेखि वडा नंं १ र १० मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। दुई ठाउँमा मतगणना शुरू गरिएको हो।

बिहीबार भएको निर्वाचनमा नौ हजार १२८ मत खसेका छन्। यो ६६.८३ प्रतिशत हो। नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन्। यसअघि गत वैशाख ३० गते भएको निर्वाचनमा ७५.५८ प्रतिशत मत खसेको थियो।

मतगणना स्थालमा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको छ। बिहीबार मतदानका क्रममा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो।

मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रङ्गबहादुर खाती र नेकपा (एमाले)का रामबहादुर बानियाँ उम्मेदवार छन्।