सुन्दर शुक्लाफाँटा (फोटो फिचर)
कैलाली । तराईको संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति र दुर्लभ वन्यजन्तु चराचुरूङ्गीको आश्रयस्थलको रुपमा चिनिने शुक्लाफाँटा जो केहीलाई पनि लोभ्याउँछ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि भु–स्वर्ग नै हो ।
शुक्लाफँटा समुन्द्री सतहबाट १७४ देखि १३८६ मिटरको उचाईमा फैलिएको निकुञ्ज हो । यो विश्वकै सबैभन्दा ठूलो बथानका रुपमा पाईने ब्राहसिंगेसँगै बाघको घनत्व रहेको संरक्षित क्षेत्र हो ।

शुक्लाफाँटामा करिब ५५ वर्गकिलोमिटर क्षेत्रफल घाँसे मैदान छ । वर्षा ऋतुको आवागमनसंगै ब्राहसिँगेको बथान र घाँसे मैदानले प्रकृतिप्रेमीलाई एकदमै रोमान्टिक बनाउछ । निकुञ्ज भित्र ब्राहसिंगे, जरायो, चित्तल, लगुनाजस्ता जनावरको दौडधुपले पर्यटक आनन्दित हुन्छन् ।
शुक्लाफाँटालाई सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्यकोरुपमा हेरिन्छ । वि.सं. २०२६ सालमा तत्कालिन राजा महेन्द्रले शिकार आरक्षको रुपमा स्थापना गरेका थिए। सरंक्षणको क्रममा वि.स २०३२ सालमा १५५ वर्ग कि.मी क्षेत्रलाई समट्दै शुक्लाफाटा वन्यजन्त आरक्ष हुँदै करिब ४ दशकपछि वि.स २०७३ साल फागुन ९ गते ३०५ वर्ग कि.मी सहित शुक्लाफाटा राष्ट्रिय निकुञ्जका रूपमा स्तरोन्नती भएको थियो।
निकुञ्जमा खरमयुर, कृष्णसारको पुर्नस्थापनासँगै जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, ब्राहसिंगा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावरहरुको दृश्यावलोकन गर्न पाईन्छ।

निकुञ्जल भित्र २२८० बाह्रासिंगे, ५० देखि ६० वटा हात्ती, १७ वटा गैडा, र ४५४ वटा चराचुरुंगी रहेको लक्ष्मी राज जोशीले जानकारी दिए ।
निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारू समुदायले सञ्चालन गरेको होमस्टेले पर्यटक भित्रित्याउनको ठूलो मदत पुगेको जोशीले बताए ।

निकुञ्जदेखि करिब ६ किलोमिटर दुरीमा रहेको दोधारा चाँदनी झोलुंगे पुलले महाकाली नदी पारिका समुदायलाई जोड्नुका साथै पर्यटकीय क्षेत्रलाई झन सुन्दर बनाएको छ ।













