लोकेन्द्रसिंह भण्डारीलाई लुटपाट गर्ने तीन जना पक्राउ

धनगढी,१३ असार । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर भण्डारीलाई लुट्ने तीन जनालाई गोदावरी नगरपालिका(१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँट रहेका छन् । लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले आज कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए ।