लम्किचुहा नगरपालिकाले ल्यायो १ अर्ब ३८ करोडको बजेट

धनगढी, १० असार । कैलालीको लम्किचुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख २५ हजारको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि नगरको नवौँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेश गरिएको हो ।