कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवरको पुनः उम्मेदवारी
कैलाली । अनवरत रुपमा दुई दशक लामो व्यवसायीक यात्रा गरिसकेका पुष्पराज कुँवरले यसपटक पुनः कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका छन् । कैलाली उद्योग वाणिज्य संघको यही जेष्ठ २८ गते ४८ औं चुनावी साधारणसभा हुँदैछ ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, निवर्तमान अध्यक्ष तथा सफल व्यवसायी कुँवरले आफ्नो तीन वर्षे कार्यकालमा शुरु गरेका र पूरा हुन बाँकी रहेका काम र सपनाहरुको पूर्णताको लागि अध्यक्षमा दोहोरिन चाहेको बताएका छन् ।
सुदूरपश्चिममा असल व्यापारी र कुशल समाजसेवीको पहिचान बनाएका कुँवरले आफू अध्यक्षमा विजयी भएलगत्तै देशमा कोरोना महामारीका कारण सोचे अनुसार काम गर्न नपाएको हुटहुटी ताजै भएकाले पुनः अध्यक्षमा दाबी गरेको बताए । ‘व्यवसायीक हक हितका लागि मैले शुरु गरेका र शुरु गर्न आँटेका केही कामहरुलाई पूर्णता दिन बाँकी छ,’ कुँवरले थपे, ‘त्यसैले आम उद्योगी, व्यवसायीको चाहना र आवश्यकता अनुसार अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
आफू अध्यक्ष हुँदा गरेका नमूना कामहरुकै कारण उद्योग वाणिज्य महासंघले २०७८ सालमा देशकै उत्कृष्ठ शाखाको रुपमा कैलाली उद्योग वाणिज्य संघलाई पुरस्कृत गरेको र अब फेरि केही नमूना कामहरु गर्न आफ्नो आवश्यकता रहेको उनले बताए ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको धनगढीमा रही आम उद्योगी, व्यवसायीका पीर मर्कालाई नजिकबाट बुझेको दाबी गर्ने कुँवरले भने, ‘कोही कुनै व्यवसायीले कर र भन्सारका समस्यासँग जुध्नु परेको खण्डमा होस् कि, प्रहरी, प्रशासन र वित्तिय संस्थासँग हातेमालो गर्न नजानेका बेला होस्, उद्योग वाणिज्य संघबाट अभिभावकको भूमिका निर्वाह गरेको छु ।’ हरेक समस्या र आवश्यकतामा आफू जसका लागि उभिएँ, उहाँहरुकै आग्रहमा फेरि अध्यक्ष बन्ने चाहना राखेको पनि कुँवरले बताए ।
उद्योग वाणिज्य संघ कैलालीको सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष र केन्द्रीय सदस्यको सफल जिम्मेवारी पूरा गरिसकेका कुँवरले यसपटक पुनः अध्यक्षमा जितेको खण्डमा कैलाली मात्र नभई सुदूरपश्चिमका आम व्यवसायीहरुको हक हित र व्यवसायीक सुरक्षालाई ज्ञारेन्टी गर्ने प्रतिवद्धता पनि गरेका छन् ।
समावेशी सहितको पूर्ण व्यवसायीक समूहका साथ आफ्नो प्यानल चुनावी मैदानमा रहेको र जित्ने पनि पक्का भएको भन्दै कुँवरले आफ्नो प्यानलको जित भए व्यवसायीको जित हुने बताए ।
यी हुन्, पुष्पराज कुँवर प्यानलका पदाधिकारी तथा सदस्य
अध्यक्ष : पुस्पराज कुँवर
वरिष्ठ उपाध्यक्ष : पुस्कर राज ओझा
एसोसेट उपाध्यक्ष : मनोज अग्रवाल
उद्योग उपाध्यक्ष : दिनेश राज लम्साल
बाणिज्य उपाध्यक्ष : गगनराज के।शी।
बस्तुगत उपाध्यक्ष : लक्ष्मण राज पन्त
महासचिब : ओम बहादुर बिस्ट
कोसाध्यक्ष : भिमराज ओझा ९अब्बु०
सचिब : शुरेश पाण्डे
सदस्यहरु
कबिन्द्र पन्त, कोपिला कुँवर, कृष्णा कुमारी बिस्ट, तिलक बहादुर बोहरा, प्रकाश कुमार चन्द, मिलन कुँवर, रबी कुँवर, राधिका चौधरी, रूपेश खड्का, लोकराज भट्ट, बिबेक शर्मा, शम्भु लामिछाने, श्यामराज जोशी, सन्तोष लामिछाने, सुरेन्द्र कुमार बोहरा, सुरेन्द्र बहादुर कड़ायत बाशुदेब भट्ट।













