बर्दिया घटनाबारे थारु आयोगको ध्यानाकर्षण

काठमाण्डौं । थारु आयोगले बर्दियाको मधुवन नगरपालिकाकी नवीना थारूको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गरेको छ।
आयोगले घटनाको स्वतन्त्र, निश्पक्ष छानविन गरि दोषीलाई कानूनी डायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ती, घाईतेको सिध्र उपचार एवम पटक पटक बन्यजन्तुको आक्रमणले धनजनको क्षति भईरहेको हुदाअगामी दिनमा यस्ता कार्य नदोहोरिन आयोगले ध्यानाकर्षण गराएको छ ।

यस्तै घटनाको छानविनको गर्न मंगलबार गृह मन्त्रालयका का सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा गृह मन्त्रालयकै उपसचिव ध्रुव खड्का‚ वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक विकास पाण्डे रहेका छन्।

समिति मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गठन गरेका हुन्। समितिलाई सात दिनभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।

सोमबार बारीमा दाउरा काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन(२ सोनाहाकी ४१ वर्षीया अस्मिता थारू घाइते भएकी थिइन्। त्यसपछि वन्यजन्तुबाट सुरक्षाको माग गर्दै स्थानीयले सडक बन्द गरेका थिए। सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको गोली लागेर मधुवन(२ की १८ वर्षीया नवीनाको मृत्यु भएको थियो।