प्रतिभा महिला सशक्तिकरण पुरस्कार घोषणा
कैलाली । रोडन मेडिकलका सञ्चालक चन्द्रसिंह चौधरीले प्रतिभा महिला सशक्तिकरण पुरस्कारको घोषणा गरेका छन् ।
उनले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथीको अवसरमा उक्त पुरस्कार घोषणा गरेका हुन् । पुरस्कारको राशी १० हजार रुपिया रहेको छ । उनले उक्त पुरस्कारको लागि ५० हजार रुपैयाको चेक अक्षयकोषकोलागि थारु लेखक संघलाई हस्तान्तरण गरेका हुन् ।
सञ्चालक चौधरीले उक्त अक्षयकोषबाट हरेक वर्ष बहुआयमिक महिलाकोहौसला प्रर्दान गर्द यो पुरस्कारले थप मदत पुग्ने उदेश्य रहेको बताए ।
कोरोका कारण गत वर्ष उनकी श्रीमति प्रतिभाको निधन भएको थियो । कोरोना संक्रमण भइ बैशाख २९ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनको निधन भएको हो ।
थारु अगुवा तथा समाजसेवी समेत रहेका चौधरी नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत वरिष्ठ प्राविधिक, जय मालिका कलेज धनगढीका सञ्चालक समेत हुन् । उनीहरुका २ छोरी छन् । कार्यक्रममा थारु लेखक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।













