कैलालीको लम्की चुहामा प्रमुख र उपप्रमुखमा महिला
कैलाली । कैलाली लम्की चुहा नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै महिला जितेका छन् । प्रमुखमा नेपाली काँग्रेसका सुशिला शाही र उप्रमुखमा एमालेका जुना चौधरी विजयी भएका छन् छन् ।
शाही १२ हजार ७१३ मत ल्याएर विजयी प्राप्त गरेका हुन् । भने उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा चौधरीले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी माओवादीकी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएका छन् ।













