धनगढीमा हमाल झण्डै ११ हजारले अगाडि, उपमेयरमा रानाको अग्रता
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन्।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५१ हजार ६५ मतगणना हुदा हमालले २२ हजार ५४१ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन्।
यस्तै उपमेयरमा माओवादी केन्द्रका शान्ति अधिकारीलाई एमालेका कन्दकला रानाले उछिनेका छन्। रानाले १० हजार ८८० र अधिकारीले १० हजार ७०२ मत पाएका छिन्।













