जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी
कैलाली । हालै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा पनि विजय प्राप्त गरेको छ ।
कैलालीमा नागरिक उन्मुक्तिको चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।
जानकी गाउँपालिकामा सो पार्टीबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी भए । चौधरी काँग्रेस माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
महतो पाँच हजार २४२ मत पाएर पराजय भएका हुन् । यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भए ।
कठरियाले छ हजार ५६२ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर बमले चार हजार २४६ मत पाउनु भएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश दहितले चार हजार ५४८ मत पाएका थिए ।
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा, नेकपा एमालेले चार वडा जितेको छ । गठबन्धनमा दलहरु नेपाली काँग्रेसले छ वडा सदस्य मात्र जितेको छ ।













