टीकापुर, भजनी र जोशीपुरमा रेशम चौधरीको पार्टीको अग्रता

कैलाली । कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरले अगाडी भएको छ ।

टीकापुर नगरपालिका वडा नं. १ र ५ को मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले १६२५ मत पाएका छन्।

त्यस्तै, सत्तारूढ गठबन्धनका उम्मेदवार नवराज रावलले ९१० मत पाएका छन्न् भने नेकपा (एमाले) का उम्मेदवार श्याम खत्रीले ७५९ मत पाएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए।

यस्तै उपप्रमुखमा नागरिक उन्मुक्ति पाटीका उल्कादेवी विश्वकर्माले १२८९ मत, माओवादीका खडकबहादुर शाहले १११३ मत र ऐमालेका उपमा देवी के.सी.ले ६०९ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनले पछ्याईरहेको छ । टीकापुर नगरपालिकाको वडा नम्बर ५ मा नगरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार वलवीर थारु आफ्नो पूरै प्यानलसहित विजय भईसकेका छन् ।

वडामा मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १ हजार ६२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५०८ मतका साथ पछ्याएका थिए ।

त्यसै गरि जोशीपुर गाउँपालिका अध्यक्ष उम्मेदवार चित्रबहादुर चौधरी ७६४, मतका साथ अग्रस्थानमा छन् । उनलाई राप्रपाका उम्मेदवार भीमबहादुर बम पछ्याइरहेका छन् । बमले ६९९ मत प्राप्त गरेका छन् भने ४८४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक तेस्रो स्थानमा छन् ।

नागरिक उन्मुक्ति पार्टीले सो पालिकाको वडा नं। १ मा अध्यक्ष रामचन्द्र चौधरी प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा विजयीभएका चौधरी ७७३ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ४६१ मत पाएका थिए । सदस्यमा सरस्वती डगौरा, दलित महिला सदस्य धनी विक, खुला सदस्यमा घनश्याम चौधरी र लालबहादुर डगौरा विजयी भएका छन् ।

भजनी नगरपालिकामा नागरिक उन्मुक्तिका केवल चौधरीले ८१२ प्राप्त गरेका छन् । उनलाई नेकपा ऐमालेले पछ्याईरहेको छ । ऐमालेका हर्कबहादुर बुढाले ८०२ मत प्राप्त गरेका छन् । भने नेपाली गठबन्धनबाट माओवादीका शेरबहादुर चौधरीले ३९० प्राप्त गरेका छन् ।