धनगढीमा १०० मतगणनामा २१ बदर, शुरुवातीमा हमालको अग्रता
कैलाली । धनगढी उपमहानगरपालिकाको वडा नं. १ बाट मतगणाना शुरु गर्दा एक सय गणनामा २१ मत बदर भएको छ । जणना भएको मत मध्ये मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायम गरेका छन् ।
जम्मा एक सय मतगणना हुदाँ हमालले ५५ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता नृप वडले २२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले २ मत ल्याएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अगाडी छिन्।
सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो।
मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।













