भजनीमा नागरिक उन्मुक्तिको अग्रता
धनगढी । कैलालीको भजनी उपमहानगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।
वडा नम्बर ५ तर्फको मतगणना हुँदै गर्दा सो पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले २२०, गठबन्धनका उम्मेदवारले ४७ र जसपाका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।













