कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा राप्रपाले सुरुवाती अग्रता बनाएको छ ।
थारु बहुल सो गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा अध्यक्षमा राप्रका उम्मेदवार होमबहादुर गुरुङले १८३, नेपाली काङ्ग्रेसका राजसमझ चौधरीले १४०, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले २४ मत प्राप्त गरेका छन् ।













