टीकापुरमा नागरिक उन्मुक्ति पाटी सुरुवाती अग्रता
धनगढी । कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पाटी सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणनामा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ र उपमेरमा ३३ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए ।
उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका मेयर १८ र उपमेरमा ९ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले मेयरमा १६ र उपमेरमा १३ मत पाएका छन् ।
५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो । टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु भएको हो ।













