धनगढीमा ११ बजेबाट मतगणना सुरु गर्ने सहमति
धनगढी । धनगढी उपमहानगरपालिकामा अहिले ११ बजेबाट मतगणना सुरु हुने भएको छ ।
केहीबेर अघि सम्पन्न सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतगणनाका लागि तयारी भइरहेको जानकारी दिए ।













