बेलौरीमा माओवादी केन्द्रको अग्रता
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। ९ स्थानीय तह रहेको कञ्चनपुरमा ४ ओटा पालिकामा मतगणना सुरु भएपछि हाल सम्मको परिणमा बेलौरीमा माओवादी अगाडी देखिएको हो भने ३ स्थानीय तहमा कांग्रेस अगाडी छ ।
बेलौरीमा माओवादी केन्द्रका पोतीलाल चौधरीले ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेका छन्।
यस्तै बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र रानाले ८८ मतसहित अग्रता लिएका छन्। एमालेका अक्कल विष्टले ५९ र माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ४३ मत प्राप्त गरेका छन्। दोधारा चाँदनीमा नेपाली कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन्।
लालझाडी गाउँपालिकामा कांग्रेसका श्रीकृष्ण रानाले ४६४ मतसहित अग्रता लिएका छन्। माओवादी केन्द्रका मदनसेन बडायकले ३४९ र एमालेका निर्मल रानाले २६६ मत प्राप्त गरेका छन्। अन्य ४ पालिकामा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पुनर्वास नगरपालिका–१० मा मतदान स्थगित भएको थियो। त्यहाँ निर्वाचनपछि मात्रै मतगणना गरिने पुनर्वासको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













