दार्चुलाको अपिहिमाल १ मा गठबन्धनका उम्मेदवार विजयी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखर सिंह लोथ्यारसहितको प्यानल विजयी भएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा लोथ्यार १ सय ८३ मतसहित विजयी भएका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १ सय ५६ मत ल्याए । लोथ्यार कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।

त्यस्तै पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले २ सय २ मत ल्याएका छन् भने एमालेका धर्मानन्द मन्यालले १ सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले १ सय ६६ र एमालेकी उर्मीला बोहोराले १ सय २१ मत ल्याएकी छन् ।

अहिले दार्चुलाको अपिहिमाल, मार्मा नौगाड, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकामा मतगणना भइरहेको छ । २ वटा नगरपालिकामा आजबाट गणना हुनेछ ।