बागी उम्मेदवार फिर्ता नलिए कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा
कैलाली । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता कडा कारवाही गर्ने बताए ।
सोमवार धनगढीमा ५ दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिए ।
उनले भने, ‘जो आधिकारिक उम्मेदवार होइन, उसले फिर्ता लिनुस । उम्मेदवार नरहेको घोषणा गर्नुस, बागी उम्मेदवार मान्य हुँदैन । बागी उम्मेदवारका कारण चुनाव हारेका छौं । बागीकै कारण चुनाव हारियो भने कुनै पनि हालतमा माफी हुँदैन । कारबाही गर्छौ ।’
सभापति देउवाले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले गठबन्धनले चुनाव जितेको खण्डमा संसद् भंग नहुने भनाइ राखे । उन भने ‘नेकपा एमालेले दुईतिहाइ बहुमत आउँदा पनि संसद् भंग गरिहाल्ने, फेरि फिर्ता ल्याएपछि संसद् चल्न नदिने, एमालेलाई जिताएर फेरि के गर्ने, संसद् भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ?’ ओलीजीको पार्टी ल्याउनु भनेको संसद् भंग गर्नका लागि हो, अलिकति विरोध भयो भने भंग हुन्छ प्रधानमन्त्री देउवाले भने ।
मन्त्री देउवाले सुदूरपश्चिमका सबै ठाउँमा काम गरेको बताउदै ’यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ होे, सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ।’
उनले धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने प्रतिवद्धता जनाए। विकासको लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउदै उनले सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे।













