माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हसुलियामा
कैलाली । नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) हसुलिया पुगेका छन् ।
कैलालीको कैलारी गाउँपालिकाद्वारा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड हसुलिया पुगेका हुन् ।
माओवादी पार्टी कैलारी गाउँपालिकाका अध्यक्ष वतासु चौधरीका अनुसार शनिबार कैलाली पुगेका उनी आइतबार कालिकोट, धनगढी, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।













