सांसद नेपालुले प्रयोग गर्दै आएको सरकारी गाडी प्रहरी नियन्त्रणमा
कैलाली । नेकपा एमालेका नेता तथा प्रदेश सांसद नेपालु चौधरीले प्रयोग गर्दै आएको गाडी स्थानीय नेपाली काँग्रेसका कार्यकर्ताहरुहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
सुदूरपश्चिम प्रदेशका विधान समितिका सभापति समेत रहेका चौधरीले प्रयोग गर्दै आएको से १ झ ३०७ नम्बर प्लेटको सरकारी स्कारपीयो नेपाली काँग्रेसका कार्यकर्ताहरुहरुले शनिवार धनगढी १९ जे गाउँमा नियन्त्रणमा लिएका हुन् ।
निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडीको दुरुपयोग गरेको भन्दै कार्यकर्ताहरूले चौधरीले प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएका हुन् ।
चौधरीले सरकारी नम्बर प्लेटको गाडीमा नेकपा एमालेको चुनाव चिन्ह सूर्यअंकित झण्डा फहराउँदै चुनावी गतिविधिमा संलग्न भएपछि स्थानीय काँग्रेस कार्यकताहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।













