‘पालिकाभित्रका मौलिक थारु गाउँलाई नै संग्राहलयको प्रारुप दिने’
कैलाली । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष उम्मेदवार लाजुराम चौधरी गाउँपालिका भित्रका मौलिक थारु गाउँलाई नै संग्राहलयको प्रारुप दिने प्रतिबद्धता जनाएका छन् । उनी नेकपा माओवादीको तर्फबाट अध्यक्षको उम्मेदबार हुन् ।
चुनावी प्रतिवद्धता पत्रमा उनले थारु भेषभुषा, भाषा, कला, संस्कृति र पहिचानको संरक्षणकालागि विशेष कार्यक्रम गर्ने र पालिकाला भित्रकाको मौलिक थारु गाउँ पहिचान गरि गाउँलाई संग्राहलयको प्रारुप दिने उल्लेख गरेका छन् ।
थारु हस्तकलाबाट निर्मित दुना, टपरी, डेलुवा, ढकिया, मचिया, खटिया, गुन्ड्री, खैचा, सुप्पा (नाङलो) लगायतका सामाग्रीको प्रर्वद्धन तथा बजारी करण गर्ने प्रतिबद्धताका साथ घरदैलो अभियानमा होमिएका छन् ।
२०७४ सालको निर्वाचनबाट अध्यक्षमा विजय भएका अध्यक्ष चौधरीले आफू पाँच वर्षमा गर्न नसकेको अधुरो कामलाई पुरा गर्न मतदातासंग पुनः जिताउन अनुरोध गर्दै भोट मागिरहेका छन् । उनले भने ‘विगत र अहिलेको ऐजेन्डमा धेरै फरक छ र केही एजेन्डा उस्तै देखिए छन् । किनकी काम सम्पन्न नहुदा पुन सोही एजेन्डालाई दोहोर्याएका छौं ।’
नेपाल सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्यांकन प्रतिवेदन अनुसार कैलारी गाउँपालिका उत्कृष्ट गाउँपालिकाको रुपमा स्थापित भइसकेकोले अब कैलारी गाउँपालिकालाई अन्तराष्ट्रिय स्तरमै स्थापित गर्नकोलागि आफू फेरीपनि अध्यक्षको उम्मेवारी दिएको चौधरीले बताए ।
उनले स्थानीय सरकारको राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, यातायात, साँस्कृतिक, सामाजिक, भाषा, कला, संस्कृति, न्याय, रोजगार र शान्ति सुरक्षालगायत समग्र विकासको आधारभूत मान्यतालाई आत्मसाथ गरेको बताए ।
कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ५ वर्षमा ग्रामीण विकास सम्पन्न गर्ने, १० वर्षमा शहरी विकास गर्ने, १५ वर्षमा आधुनिकीकरण गर्ने र २० वर्षमा स्मार्ट सिटीको रुपमा विकास गर्ने स्पष्ट परिकल्पना गरेको बताउँदै पालिका भित्रै दक्ष बनाउ जनशक्ति उत्पादनकोलागि प्राविधि शिक्षामा विशेष प्याकेज ल्याउने बताए ।
उनले भने ‘पालिका भित्रका हरेक सरकारी विद्यालयलाई नमुना विद्यालय बनाउने र निजीस्रोतबाट पढाईरहेका शिक्षकहरुको व्यवस्थापन, बाटो घाटो पुल पुलेसो लगायतका अधुरा योजनाहरु अबको ५ वर्षमा सम्पन्न गछौं ।’
उनका प्रतिवद्धापत्रमा हसुलियामा बहुमुखी क्याम्पस, उजेलीसेमरामा बहुप्राविधिक शिक्षालयको स्तरोन्नती, लक्ष्मी माध्यमिक विद्यालय पृथ्वीपुरमा आई.टी. कक्षाको स्तरोन्नती र जनता माध्यमिक विद्यालय गदरियामा कृषि प्राविधिक शिक्षाको स्तरोन्नती गरिने छ । यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरुलाई इन्टनशिपको व्यवस्था गर्ने उल्लेख छ ।
उच्च शिक्षा अध्ययनका लागि लक्षित वर्ग (शहीद÷वेपत्ता÷घाइतेका परिवार, कमैया, कमलरी, दलित, अति विपन्न तथा जेहेन्दार विद्यार्थी)लाई छात्रवृतिको व्यवस्था गर्ने ।, निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने ।
थारु मातृ भाषा शिक्षकहरुको सुविधा बृद्धि गर्ने, शिक्षकहरुलाई समर्थन पत्र उपलब्ध गराउने । साथै शिक्षकहरुको क्षमता विकासको तालिम सञ्चालन गर्ने अध्यक्ष उम्मेदवारको प्रतिबद्धता छ ।
उनले स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यलाई निश्पक्ष, स्वतन्त्र, जनउत्तरदायी र छिटो छरिटो न्याय सेवा प्रदान गर्ने । साथै गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८ लाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।
सीमा अतिक्रमण, सीमा सुरक्षा र शान्ति सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्ने । तथा गाउँपालिकाका ग्रामीण क्षेत्रमा प्रहरी बिट स्थापनाको लागि पहल गर्ने ।, शहीद परिवार, बेपत्ता, घाइते, आपांग र द्वन्द्व प्रभावित व्यक्तिहरुको लागि सम्मान, संरक्षण, स्वास्थ्य, शिक्षा, सीप विकास, रोजगारलगायतका कार्यहरुलाई विशेष प्राथमिकता दिने योजना रहेको अध्यक्ष चौधरी बताउँछन् ।
समाजभित्रका अति गरिब, आपांगता भएको व्यक्ति, एकल महिला, एकल पुरुषहरुका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्ने साथै हिंसा प्रभावितहरुको लागि सुरक्षित आवास गृह सञ्चालन गरिनेछ एजेन्डा रहेको बताए ।
कैललाीमा तीन दलीय गठबन्धन भएपछि कैलारी गाउँपालिकामा माओवादी पार्टीले अध्यक्ष र नेपाली काँग्रेस उपाध्यक्ष पाएको थियो । तर यस पालिकामा दुबै पार्टीबाट अध्यक्ष र उपाध्यक्षमा वागी उम्मेदबारी दिएका छन् । पार्टी बागी उम्मेदवारी दिनेमाथि कारबाही गर्ने निर्णय गरेपनि आसन्न स्थानीय तहको निर्वाचनका लागि अ आफ्नो तरिकाले घरदैलो अभियानमा जुटेका छन् ।













