‘गठबन्धनकोे आडमा पुरुषको रजाइ’

कैलाली । सत्तारुढ गठबन्धनले कैलालीका स्थानीय तहका आफ्ना आधिकारिक उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । जहाँ १३ वटा पालिका मध्ये ७ वटा पालिकामा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष दुबै पदमामा पुरुषहरूलाई नै उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित ३ दलीय गठबन्धनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गर्यो । सार्वजनिक नामावली हेर्दा १३ वटा पालिका मध्ये ७ वटामा दुबै पदमा पुरुषले टिकेट पाइएको देखिएको छ ।

आधिकारिक उम्मेदवार सार्वजनिक गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आफ्ना नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन समेत निर्देशन दिइएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा टीकापुर नगरपालिकामा मेयर नवराज रावल नेपाली काँग्रेसबाट र उपमेयर खडक शाह माओवादी, भजनी नगरपालिकामा मेयर शेरबहादुर चौधरी माओवादीबाट र लोकेन्द्र भण्डारी नेपाली काँग्रेसबाट र गौरीगंगा नगरपालिकामा मेयर देवीदत्त कडेल माओवादीबाट र उपमयेर भोजबहादुर बम नेपाली काँग्रेसबाट टिकेट पाएका छन् ।

त्यसै गरी जानकी गाउँपालिकाका अध्यक्षमा परशुराम महातो कठरिया नेपाली काँग्रेसबाट उपाध्यक्षमा जय प्रकाश दहित माओवादीबाट, जोशी गाउँपुर गाउँपालिकामा बंशराम कठरिया नेपाली काँग्रेसबाट र उपाध्यक्षमा दीर्घ विनाडी माओवादीबाट आधिकारीक उम्मेदवारी दिएका छन् ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यये माओवादीबाट र उपाध्यक्ष कमल बहादुर साउँद नेपाली काँग्रेसबाट, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष शेरबहादुर कठरिया नेपाली काग्रेसबाट र उपाध्यक्ष गणेश गिरी माओवादीबाट आधिकारीक टिकेट पाएका छन् ।

कैलालीमा गठबन्धनको नाममा सक्षम महिलाहरुलाई पाखा लगाउदै पुरुषहरुले मात्रै ठाउँ अगोटेको महिला अधिकारकर्मीहरुले टिकाटिप्णी गरिरहेका छन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल कैलाली जिल्ला सचिव बसन्ती चौधरीले प्रत्येक दलको घोषणा पत्रमा सामानुपातिक, समाबेशी र महिला सहभागिताका कुराहरु लेखिए पनि व्यवहार उल्टो देखिएको बताईन् ।

उनले कैलालीमा १३ पालिका मध्ये ७ वटामा नगरपालिमा दुबै पदमा पुरुषले नै टिकेट पाउनु भनेको नेपालको संविधानको मर्म बिपरित भएको हो । ‘यो नमावली हेर्दा गठबन्धन को आडमा पुरुषहरको रजाइ भएन र ?’ भन्दै टिप्णी गरिन् ।

नेपाल महिला संघका केन्द्रीय सदस्य गोमा आर्चय जोशीले सत्तारुढ दल गठबन्धन गर्ने बहानामा महिलाको प्रतिनिधित्व घटाएको बताईन् । उनले भनिन् ‘निर्वाचन आयोगले गठबन्धन गर्दा प्रमुख र उपप्रमुखमा एक जना महिला हुनैपर्ने बाध्यकारी नियम बनाई दिएको भए पार्टीले बध्यत हुन्थ्यो । पुरुषबादी सोचले महिलाको नेतृत्व कहिलै स्वीकार गर्न नसकेको उदाहरण हो यो ।’

उनका अनुसार महिलाहरु फेरी पनि जुरमुराएनन् भने यहाँ कहिले के कहिले को को बहानामा महिलाको प्रतिनिधित्व घटाउदै जान्छन् र निर्णयक ठाउँमा महिलालाई छिर्ना नदिने प्रबृति हाबी हुदै जाने धारण ब्यक्त गरिन् ।

नेपालमा केन्द्रदेखि गाउँसम्म पितृसतात्मक संरचनाले नै प्रसय दिईहेको छ । यो संरचनाले महिलाहरुलाई नेतृत्व गरेको अहनै सक्दैन जुन कारण पार्टीले टिकेट वाडफाँड गर्ने समितिमा पनि महिलाहरुको सहभागिता नै न्यून राख्यो र निर्णय गर्दा महिला सहभागिताको सवाल जोडतोडले उठाउन नभएको बताईन् ।