देशभरिमा १ लाख ३७ हजार ४३ जनाद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगमा १ लाख ३७ हजार ४३ ले उम्मेदवारी दर्ता गरेको छ।
आयोगका अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत नगरपालिका मेयरमा ३ हजार २७६ र गाउँपालिका अध्यक्षमा ३ हजार २६४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपप्रमुखमा २ हजार ०९ र उपाध्यक्षमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । देशभरिमा वडा अध्यक्ष ३२ हजार २१७ महिला सदस्यमा २३ हजार ५२१ दलित महिला सदस्यमा २१ हजार २२१ र खुल्ला सदस्यमा ४९ हजार २३९ जनाले उम्मेदवारी दिएका छन् ।














