कञ्चनपुरमा माओवादी र समाजवादीबीच तालमेल, कांग्रेस एक्लै लड्ने

कैलाली । कञ्चनपुर जिल्लामा सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसलाई बाहिर राखेर माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । कांग्रेस अब कञ्चनपुरमा प्रतिस्पर्धामा गएका हो ।

२ दलीय सहमति अनुसार बैशाख ३० हुने निर्वाचनमा जिल्लास्थित ५ पालिकामा माओवादी केन्द्रले र ४ पालिकामा एकीकृत समाजवादीले प्रमुख पाउने गरी तालमेल गरिएको छ ।

उपप्रमुखमा भने ६ स्थानमा माओवादी केन्द्र र ३ स्थानमा मात्रै समाजवादीले उम्मेदवारी दिने भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकामा भने माओवादी केन्द्रले नै प्रमुख र उपप्रमुख पाउने भएको हो ।

त्यस्तै, ९२ ओटै बाँडफाँड गरिएको छ । नेपाली कांग्रेस भने ९ वटा पालिकामा मित्रवत् प्रतिस्पर्धामा जाने भएको छ ।