धनगढीमा गठबन्धनबाट नृप वड मेयरका उम्मेदवार
कैलाली । धनगढी उपमहानगरपालिकामा मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने सत्ता गठबन्धन दल सहमत भएपछि धनगढीको मेयरमा पुनः नृपबहादुर वडलाई टिकेट दिने निर्णय भएको छ ।
नेपाली काँग्रेसले वडलाई नै उम्मेदवारी दिने निर्णय गरेकोले आफू पुन धनगढीको मेयरका लागि पुनः टिकट पाएको वडाले जानकारी दिए ।
सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय हो । काँग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले केन्द्रीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्ने बताउदै, ‘आजसम्म वडाध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउनेछौँ ।’
‘२०७४ को स्थानीय तहमा यस उपमहानगरमा नेपाली काँग्रेसले नगर प्रमुख तथा उपप्रमुख निर्वाचित भएको थियो’ उनले भने, ‘गठबन्धनको निर्णयको अवज्ञा गरिँदैन । गठबन्धनका निर्णय विरुद्ध नगरमा कोही जादैनन् ।’
वड स्थानीय तह निर्वाचनमा धनगढीको मेयरमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उनलाई निकटतम प्रतिस्पर्धी भएर टक्कर दिएका थिए । हमाल अहिले पनि चुनावी मैदानमा छन् ।

यस्तै उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ । जस अनुसार माओवादीले शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवारी बनाउने पक्का भएको छ । सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरी उत्सबका सबै उम्मेदवारहरुको टुंगो लगाउन पार्टीमा छलफल भईरहेको छ । साझसम्म टुंगो लगार नाम लिस्ट सार्वजनिक हुन्छ ।
सत्ता गठबन्धन हुनु पुर्व क्षेत्री माओवादी पार्टीबाट मेयरकोलागि सिफारिस भएका थिए । तर पार्टीको आन्तरिक छलफल पश्चात उनी उपमेयरको लागि तयार भएका हुन् । ०७४ को चुनावमा पनि उनी उपमेयरमै हार बोहोर्नु परेको थियो ।
धनगढीको मेयरका लागि कांग्रेसबाट दाबी गरेका अर्का नेता कृष्णबहादुर महरालाई प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको पार्टीका एक नेताले बताए । कांग्रेसको नगर समितिले वड र महरासहित सात जनाको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरेको थियो ।













