चार दलको छुट्टै गठबन्धन

धनगढी । आगामी स्थानीय तहको निर्वाचनमा कैलालीका चार दलले छुट्टै गठबन्धन गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच अलग्गै चुनावी तालमेलको सहमति भएको हो।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती चार दलले अलग्ग गठबन्धन गरेको जानकारी दिएका छन् । उनीहरुले पत्रकार सम्मेलनमै गठबन्धन गर्ने सहमति पत्रमा समेत हस्ताक्षर गरेका छन् ।

चार दलले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर स्थानीय चुनावमा जाने बताएका छन्। पत्रकार सम्मेलनमा यी चार दलका केन्द्रीयदेखि जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।